काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि छ । आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथि दफावार छलफल गर्ने र पारित गर्ने लगायतको कार्यसूचि रहेको संसद सचिवालयले जानकारी दिएको छ ।