२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिसंखुपाखर हिंसामुक्त पालिका बनाउँछौं : उपप्रमुख लामा



काठमाडाैं । सिन्धुपाल्चोकको लिसंखुपाखरलाई हिंसामुक्त पालिका बनाइने भएको छ । सचेतना मार्फत समाजमा हुने सबै किसिमका हिंसालाई शुन्यमा झारेर हिंसामुक्त पालिका बनाउन गाउँपालिकाले अभियान चलाएको छ ।

पालिकामा आएको मुद्दाको न्यायिक समिति मार्फत मेलमिलापका माध्यमबाट टुङ्गो लगाउने र हिंसाजन्य घटना हुन नदिन जागरणका कार्यक्रम ल्याउने नीति लिइएको गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामाले बताइन् । समाजमा महिलाहिंसाका घटना जत्तिकै पुरुषहिंसा पनि देखिन आएकाले सबै हिंसाको साधानका उपाय खोजिने उनले बताइन् । ‘म उपाध्यक्ष नहुँदा महिला अधिकारका पक्षमा काम गर्थें । महिला हिंसाका सवालमा आवाज उठाउँथें अहिले हेर्दा समाजमा पुरुषहिंसा पनि समस्याकै रुपमा देखियो ।’ उनले भनिन् ‘हिंसामुक्त समाज निर्माण अबको आवश्यकता हो । हाम्रो पालिकालाई हिंसा मुक्त बनाउन हामी लागेका छौं ।’ सार्वजनिक सेवा प्रवाह र सुशासनमा समेत नीतिगत काम भइरहेको उपाध्यक्ष लामाले दावी गरिन् ।

लिसंखुपाखरका उपाध्यक्ष लामासँग अनलाइन सरोकारले गरेको अन्तरवार्ता हेर्नुहोस् ।  

प्रकाशित मिति : २०७९, १९ चैत्र आइतबार ००:००  ११ : ३६ बजे