काठमाडाैं । रुपन्देहीको मायादेवी गाउँपालिकाका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेय विपन्न विद्यार्थीको सहारा बनेका छन् । मायादेवी गाउँपालिका वडानम्बर ७ का वडाअध्यक्ष समेत रहेका पाण्डेयले आफ्नो वडाका गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क गुणस्तरिय शिक्षा र शैक्षिक समाग्री तथा पोशाक समेत उपलब्ध गराएका हुन् ।
आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित बालबालिकालाई समेत गुणस्तरिय शिक्षाको सुनिश्चितताका लागि आफुले पोशाक र शैक्षिक सामाग्री सहयोग गरेर नियमित विद्यालय जाने परिस्थिती निर्माण गरेको प्रवक्ता पाण्डेयले बताए । वडाका सबै विद्यार्थीलाई निरन्तर सहयोग गर्ने र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उनको उद्देश्य छ ।
मायादेवीका नागरिकको कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा असिमित मागहरु रहेको र सिमित स्रोतले परिणाममुखी काम गरिरहेको प्रवक्ता पाण्डेयले बताए ।