२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै इस्मा गाउँपालिका



गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाले ५५ वर्ष माथिक एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता स्वरुप मासिक १ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो । हालसम्म पालिकाभित्र रहेका ७० जना एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउने तथ्याङक रहेको छ ।

राज्यले एकल महिलाई पुनरुत्थान गर्न सामाजिक सुरक्षा भत्ता दिने गरेपनि एकल पुरुषलाई बिभेद गरेकाले गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नविक प्रकृतिको कार्य भएको अध्यक्ष खड्काको भनाई छ । पुरुषले वडाबाट एकल पुरुषको सिफारिसको आधारमा भत्ता पाउने छन् ।

एकल महिला पुरुषको विभेदलाई न्यूनिकरण गर्नुपर्छ भनेर पालिकाभित्रका एकल पुरुषलाई भत्ता दिन थालेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन परिचयपत्र बनाउने कार्य गरिरहेको छ ।

पालिकाभित्रका एकल पुरुषले अरु सरह सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बेलामा उनिहरुलाई पनि वितरण हुनेछ ।

प्रकाशित मिति : २०७९, २२ चैत्र बुधबार ००:००  ११ : २७ बजे