२०८१, ५ श्रावण शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जगदुल्ला गाउँपालिकाको नमूना काम : सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा



डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पुर्ण घरधुरी समेटिने गरि स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले बताए ।

बीमा कार्यक्रममा आवद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने र आवद्घता शुल्क समेत गाउँपालिकालेनै तिरेको समेत अध्यक्ष रोकायको भनाई छ ।

यस कार्यक्रममा सामुदायका सवै घरपरिवार स्वयमं आवद्घ हुने सम्भावना नभएपछि आवद्घता शुल्क पनि पालिकालेनै व्यहोर्ने गरी कार्यक्रममा आवद्ध गराईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य बीमाका लागि रु। १९ लाख २८ हजार ८ सय ५० रुपैया स्वास्थ्यबीमा बोर्ड लाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए ।

उनका अनुसार पालिकाले स्वास्थ्यबीमा कार्यक्रमलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रम बनाएको थियो ।

सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम परिवारलेनै निरन्तरता दिने उनको भनाई छ । सामुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या कम भइरहेका बेला गाउँपालिकाले थालेको यो अभियान प्रभावकारी हुने स्वास्थ्य बीमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सम्पुर्ण स्थानीय तहले सर्बसाधारणलाई कार्यक्रममा समावेश गराउनु पर्ने उनको भनाई छ ।

स्वास्थ्य बीमा कार्यक्रम देशैभर लागू भएपनि स्थानीय तहले सबै घरका नागरिकको बीमा गरेको सम्भवतः यो पहिलो र नमूना योग्य काम हो ।

प्रकाशित मिति : २०७९, २२ चैत्र बुधबार ००:००  ११ : ५८ बजे