२०८१, ६ बैशाख बिहीबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुवै खुट्टा नभएका बुढा सगरमाथा चढ्ने



काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए ।

रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका ४४ वर्षीय बुढामगरले सन् अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए । उनका घुँडाभन्दा तलका भाग छैनन् । उनी कृतिम खुट्टाको सहायताले हिँडडुल गर्छन् ।

दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । सगरमाथाको आधार शिविरबाट उनले स्काइडाइभिङ पनि गरेका थिए ।

पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्ने अनुमति पाएको बताउँदै उनले आफ्नो आरोहणको समय दुई महिनाको हुने जानकारी दिए ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु प्रस्थान गर्नुअघि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भनेका छन्, ‘पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुशी छु, म मात्रै होइन, म जस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ ।’-OK

प्रकाशित मिति : २०७९, २२ चैत्र बुधबार ००:००  १२ : १२ बजे