२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक विकासमा शिवराजका मेयर : जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउँदै



काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको छ ।

सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने भएकाले यस्तो आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

आधारभूत र माध्यमिक शिक्षा नगरपालिकाबाट निःशुल्क र अनिवार्य गरिएको उल्लेख गर्दै नगरपालिकाले अङ्ग्रेजी, नेपाली वा अन्य कुनै पनि माध्यमबाट दिइने शिक्षामा कुनै शुल्क नलाग्ने बताएको छ ।

जनप्रतिनिधि, शिक्षक, कर्मचारी र अन्य संस्थामा कार्यरत कर्मचारीहरुले अनिवार्य रुपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह गरिएको नगर प्रमुख अजय थापाले बताए ।

थापा राप्रपाबाट निर्वाचित मेयर हुन् ।

उनको यो महत्वकांक्षी योजनालाई स्थानीयले साथ दिएका छन् ।

प्रकाशित मिति : २०७९, २२ चैत्र बुधबार ००:००  १२ : २५ बजे