ओखलढुंगा । ओखलढुंगाको विगुटारका किसानलाई कृषि प्रविधि हस्तान्तरण गरिएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ७ विगुटारका तरकारी खेती गर्ने ७ जना कृषकहरुलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) बाट प्राप्त कृषि प्रविधि हस्तान्तरण गरिएको हो ।
सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनालले किसानलाई प्रविधि हस्तान्तरण गरेका हुन् । कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायिक तरकारी खेती बढाएर विगुटारलाई तरकारीमा आत्मनिर्भर गराईने नगरप्रमुख खनालको भनाई छ ।
ओखलढुंगाको बजारमा धेरैजसो माग हुने तरकारी विगुटारले धान्ने गरेको छ ।