ओखलढुंगा । सुनकोशी गाउँपालिकाका मेलमिलापकर्तालाई क्षमता अभिवृद्धि तालिम दिइने भएको छ ।
न्यायिक कार्यलाई छिटो–छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पु¥याउन गाउँपालिकाले मेलमिलापकर्ताको क्षमता अभिवृद्धि तालिम दिने भएको हो ।
चैत्र २३ गतेदेखि २६ गतेसम्म तालिम गाउँपालिकाको सभाहलमा पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताइन् । तालिम दिएर कामकाे थप जिम्मेवारी दिँदा मेलमिलापकर्ताकाे काम प्रभावकारी हुने उनकाे भनाई छ ।
गाउँपालिकाले सूचना जारी गर्दै छनोट भएका मेलमिलापकर्ताहरुलाई अनिवार्य उपस्थित हुन भनेको छ । तालिममा मेलमिलापकर्ताहरुलाई विवाद छिनोछानो गर्ने तौरतरिका, ऐन कानुन र व्यवहारिक बिषयबारे जानकारी गराइनेछ ।
न्यायिक समिति गठन भएपछि स्थानीयस्तरमै समाधान हुने विवादको छिनोफानो हुदा सर्वसाधारण लाभान्वित हुँदै आएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १० मा न्यायिक समितिले १३ देवानी प्रकृतिका र ११ मेलमिलापका माध्यमबाट विवाद निरुपण गर्ने अधिकार दिएको छ ।