इटहरी । इटहरी उपमहानगरपालिकाले नयाँ घर बनाउनेलाई नक्सा बनाइदिने भएको छ । बीचौलिया मार्फत नक्सा निर्माण र नक्सा पासका नाममा नागरिक ठगिने समस्या बढेको भन्दै उपमहानगरपालिकाले कार्यालयबाटै निःशुल्क नक्सा बनाइदिने सेवा दिने भएको हो ।
भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउने नीतिलाई कार्यान्वयन समेत हुनेगरि उपमहानगरपालिकाले नै नक्सा निर्माण देखि पास सम्मका काम गरिदिने व्यवस्था मिलाइएको मेयर हेमकर्ण पौडेलले बताए । उनका अनुसार घरधनीले चाहे अनुसारकै घरको नक्सा सरकारी इन्जिनियरहरुले बनाइदिने छन् ।
आगामी आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि यो सेवा सुरु गरिने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।