२०८१, ११ बैशाख मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेसुङ्गा नगरपालिकाद्वारा क्रिकेटर कुमाललाई नगदसहित सम्मान 



गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले १९ वर्ष मुनीको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अर्जुन कुमाललाई सम्मान गरेको छ । क्रिकेट खेलाडी कुमाललाई  नगरप्रमुख खिलध्वज पन्थीले नगद ३० हजार सहित सम्मान गरेका हुन् ।

गुल्मीमा जन्मेर खेल खेल क्षेत्रबाट गुल्मीको शिर उच्च बनाउन सफल भएकाले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख पन्थीले बताए । खेल र खेलाडीलाई सम्मान गर्न नगरपालिका सधै प्रतिवद्ध रहेको पन्थीको भनाई छ ।

आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर सिङ्गो देशको शिर उच्च भएको उनले बताए । छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कुमालले कुबेत बिरुद्ध सतक समेत प्रहार गरेका थिए । नगरपालिकाको सम्मानले खेल क्षेत्रमा थप प्रगती गर्न हैसला मिलेको खेलाडी कुमालले बताए ।

उनले आगामी हुने खेलहरुमा थप सफलता मिल्ने गरि खेल खेल्ने प्रतिवद्धता समेत गरे । कुमाललाई केहि दिनअघि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले पनि नगद ५० हजार सहित सम्मान गरेको थियो । त्यस्तै गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला खेलकुद विकास समितिले पनि सम्मान गरेका थिए ।

प्रकाशित मिति : २०७९, २६ चैत्र आइतबार ००:००  ९ : ३७ बजे