२०८१, २२ माघ मंगलबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडामै न्यायिक सेवा प्रभावकारी बनाउँदै वडाअध्यक्ष शम्भु भट्टराई



काठमाडौं । बूढानिलकण्ठ १२ ले न्यायिक सेवालाई थप व्यवस्थित र विस्तारित बनाएको छ । वडा स्तरीय न्यायिक समिति स्थापना गरेर काम गर्दै आएको बुनपा १२ ले मेलमिलापकर्ताका माध्यमबाट वडाबासीलाई निःशुल्क न्यायिक सेवा दिने व्यवस्था मिलाएको हो ।

सेवालाई सहज बनाउँदै न्यायमा नागरिकको पहुँच बढाएर सुशासित समाज निर्माणका लागि नीतिगत रुपमा काम सुरु गरिएको वडाअध्यक्ष शम्भुप्रसाद भटराईले बताए । वडा कार्यालय मातहतमा रहनेगरि स्थापित मेलमिलाप केन्द्रमा तीन जना सदस्यीय समिति बनाएर जिम्मेवारी दिइएको वडाअध्यष भटराईको भनाई छ ।

मेलमिलाप केन्द्रमा अधिवक्ता निशाना गौतम तथा मेलमिलापकर्तामा खडानन्द लुइँटेल र सावित्री ढकाल सदस्य छन् ।

उक्त समितीले नेपाल ऐन संग्रहको खण्ड १७,२०७९ को परिच्छेद ८ को दफा ४६ र ४७ को उपदफा १ र २ को अधिनमा रहेर काम गर्ने जनाईएको छ ।

प्रकाशित मिति : २०७९, २६ चैत्र आइतबार ००:००  १ : ५१ बजे