२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाका सांसदले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

सांसद डाकाकुमार श्रेष्ठ निलम्बित



काठमाडौं । रास्वपाका एक सांसदले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री बन्न पार्टी सभापति रवि लामीछानेको टिमलाई रकम बुझाउनुपर्ने भन्दै प्रसाईंसँग आर्थिक लेनदेनको वार्ता गर्ने रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो सार्वजनिक भएको हो ।
अडियो सार्वजनिक भएसँगै पार्टीले सांसद श्रेष्ठलाई निलम्बन गरेको छ । सांसद र पार्टी नेताको हैसियतमा कुनै गतिविधि गर्न नपाउनेगरि निलम्बन गरेको रास्वपा महामन्त्री मुकुल ढकालले बताए ।
समानुपातिकबाट सांसद बनेका श्रेष्ठ यसअघि रास्वपा सरकारमा हुँदा मन्त्री बन्ने चर्चा थियो । उनले आफु मन्त्री बनेपछि सहयोग गर्ने आश्वासन दिएर प्रसाईंसँग दुई करोड रुपैंया मागेको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित मिति : २०७९, २६ चैत्र आइतबार ००:००  २ : १८ बजे