२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीले दियाे मेलमिलापकर्तालाई तालिम



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका मेलमिलापकर्तालाई तालिम दिइएको छ । न्यायिक समिति मार्फत हुने कार्यलाई छिटो–छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पु¥याउन गाउँपालिकामा पालिकामा सुचिकृत मेलमिलापकर्तालाई क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

चैत्र २३ गतेदेखि २६ गतेसम्म सञ्चालित तालिममा टोलबस्ति स्तरमा हुने घटना विश्लेषण गरेर मेलमिलापका माध्यमबाट समाधान गर्ने विषयमा तालिम दिइएको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले जानकारी दिइन् । तालिममा मेलमिलापकर्ताहरुलाई विवाद छिनोछानो गर्ने तौरतरिका, ऐन कानुन र व्यवहारिक बिषयबारे जानकारी गराइएको थियो ।

तालिम दिएर कामको थप जिम्मेवारी दिँदा मेलमिलापकर्ताको काम प्रभावकारी हुने भएकाले तालिम दिइएको उनको भनाई छ ।

तालिममा सुनकोशीका ३० जना मेलमिलापकर्ता सहभागि थिए । सुनकोशीले पालिका भित्रका १० वटै वडामा ३–३ जनाका दरले ३० जना मेलमिलापकर्ता सुचिकृत गरेर राखेको छ । तालिमको जनप्रतिनिधि र कर्मचारीहरुले पनि अवलोकन गरेका थिए ।

न्यायिक समिति गठन भएपछि स्थानीयस्तरमै समाधान हुने विवादको छिनोफानो हुँदा सर्वसाधारण लाभान्वित हुँदै आएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १० मा न्यायिक समितिले १३ देवानी प्रकृतिका र ११ मेलमिलापका माध्यमबाट विवाद निरुपण गर्ने अधिकार दिएको छ ।

प्रकाशित मिति : २०७९, २६ चैत्र आइतबार ००:००  २ : ५६ बजे