२०८१, २२ माघ मंगलबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा संघ महाधिवेशनकाे तयारी पुरा : नेपालगञ्जमा १० हजार नेता-कार्यकर्ता उतार्ने तयारी



रुपन्देही । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनले बाँकेको नेपालगञ्ज शहर सिंगारिएको छ । राष्ट्रिय युवा संघ नेपालको महाधिवेशनको तयारी पूरा भएको मूल व्यवस्थापन समितिका सहसंयोजक सुमन पुरीले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू नेपालगञ्ज आउने क्रम सुरू भइसकेको छ । महाधिवेशनस्थल कोहलपुरको मैदानमा साजसज्जाका काम भइरहेका छन् । चैत २७-२९ हुने महाधिवेशनका लागि कोहलपुरदेखि कार्यक्रमस्थल नेपालगञ्जको होटल स्नेहसम्म प्रचार सामग्री र स्वागतद्वार राखिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापनलगायतका काम धमाधम भइरहेको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

उद्घाटन समारोहमा १० हजार नेता कार्यकर्ता जुटाउने तयारी युवासंघले गरेको छ । उद्घाटन समारोहमा ओलीको साथै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य महेश बस्नेतलगायतका नेता सहभागी हुनेछन् ।

कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ । महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्ष सुमन पुरी, महासचिव, संघका अन्य नेताहरू रवीन्द्र लम्साल, तुलबहादुर अधिकारी, खेम शर्मा, सुरज खरेल लगायत कार्यक्रमस्थलमा केही दिनअघिबाटै खटिएका छन् ।

लुम्बिनी प्रदेशमा महाधिवेशन आयोजना भएकाले लुम्बिनी प्रदेशका संघका नेताहरू प्रतिनिधि व्यवस्थापन, आवास, यातायातलगायत व्यवस्थापनमा अहोरात्र खटिएर महाधिवेशनलाई ऐतिहासिक बनाउन लागिपरेको संघका लुम्बिनी प्रदेश सहसंयोजक सुरज खरेलले बताए ।

महाधिवेशनको तयारीबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघका नेता सन्ताेषकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, २६ चैत्र आइतबार ००:००  ३ : ०४ बजे