२०८१, १० बैशाख सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल शिक्षक संघको अध्यक्षमा गोकर्ण बानियाँको उम्मेदवारी घोषणा (भिडियाे)



काठमाडाैं । नेपाल शिक्षक संघको अध्यक्षमा गोकर्ण बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । ४ भन्दा लामो समयदेखि शिक्षक संघको राजनीति गर्दै आएका बानियाँले केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

यसअघि संघको केन्द्रिय उपाध्यक्षको भूमिकामा रहँदा संगठन सुदृढिकरण र शिक्षकको पेशागत हकहितमा आफुले अब्बल काम गरेको र देशभरका शिक्षक प्रतिनिधिको साथ आफुलाई रहने बानियाँको दावी छ । लामो समय विभिन्न भूमिका कुशलतापूर्वक बहन गरेकाले यसपटक संघिय अध्यक्षमा आफ्नो दावी स्वभाविक हुने उनको भनाई छ । ‘म ओखलढुंगामा शिक्षक संघ स्थापना गर्ने संस्थापक सहसचिव भएदेखि यो ४ दशक मैले शिक्षक संघको विभिन्न भूमिकामा रहेर काम गरेँ । मेरो कामप्रतिको लगाव र त्यसले दिने नतिजा सबैलाई थाहा छ । धेरैजसो जिल्लाबाट प्रतिवद्धता पाइसकेकाले यो मेरो मात्रै होइन सिंगो शिक्षक संघ देशभरका प्रतिनिधिले अघि सारेको उम्मेदवारी हो ।’ उनले भने, ‘भरसक मेरो नाममा सहमति हुन्छ । नभए मतदानमा जाँदा पनि मेरो जित सुनिश्चित छ ।’ शिक्षक संघमा आस्थावान विभिन्न क्षेत्रका व्यक्तिलाई आफुले टिममा राखेर १ कार्यकाल रचनात्मक काम गर्ने उनको योजना छ ।

उम्मेदवारी घोषणासँगै बानियाँले महत्वकांक्षी योजनाहरु अघि सारेका छन् । शिक्षक संघलाई देशभरका शिक्षकको अभिभावक संस्था बनाउने, राज्यले शिक्षकहरुलाई गरेको विभेद हटाउने, शैक्षिक विकास र गुणस्तर सुधारमा नयाँ आयाम ल्याउने, प्राविधिक शिक्षाको विस्तार र विकास गर्ने, शिक्षकको क्षमता विकास गरि प्रविधिमैत्री बनाउने, शिक्षक संघको गरिमालाई थप उँचो बनाउँदै देशभर संगठन मजबुद बनाउने, शिक्षकको वृद्धि विकासमा नीतिगत पहल–पैरवी गर्ने, शिक्षकका आन्दोलनहरु प्रविधिमैत्री र उपलिब्धमुलक बनाउने लगायतका उनका योजना छन् ।

शिक्षक संघको नवौं संघिय महाधिवेशन यहि चैत्र २८ गतेदेखि ३० गते सम्म राजधानीमा हुँदैछ । विगत कामको समिक्षा, आथामी योजना तर्जुमा र नयाँ नेतृत्व चयन गर्ने संघिय महाधिवेशन सफल बनाउन देशभरका शिक्षक संघका नेताहरु काठमाडौं आइपुगेका छन् ।

शिक्षक संघको अध्यक्षमा गोकर्ण बानियाँको उम्मेदवारी किन ? यहाँ क्लिक गरेर भिडियो अन्तरवार्ता हेर्नुहोस् ।

प्रकाशित मिति : २०७९, २६ चैत्र आइतबार ००:००  ३ : ५२ बजे