२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सियारी गाउँपालिका अध्यक्षको निजी निवासमा बम भेटियाे



रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको निजी निवासमा प्रेसर कुकर बम फेला परेको छ ।

अध्यक्ष घिमिरेको घर रहेको सियारी ४ दयानगर छपियास्थित घरको पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवत्ता डिएसपि श्यामु अर्यालले जानकारी दिए । तारबार जेलिएर राखिएको अबस्थामा प्रसेस कुकुर बम देखेको र तुरुन्त प्रहरीमा खबर गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरेको छ । डिस्पोज गर्दा भित्ता, नजिकै रहेको टिनको टहरामा सामान्य क्षति पुगेको छ ।

प्रकाशित मिति : २०८०, ३ बैशाख आइतबार ००:००  ११ : २६ बजे