२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा माथिल्लो कर्णाली जल पर्यटन महोत्सव हुँदै



बाजुरा । बाजुरामा माथिल्लो कर्णाली जल पर्यटन महोत्सव हुने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजनामा कृषि जल पर्यटन महोत्सव हुने भएको हो ।

भोलि बैशाख ४ गते उद्घाटन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले अनलाइन सरोकारलाई जानकारी दिए । अध्यक्ष मल्लका अनुसार बाजुराका सांसद बद्रि पाण्डेले महोत्सवको उदुघाटन गर्नेछन् ।

महोत्सव उद्घाटन गर्न पर्यटन मन्त्री र प्रदेश प्रमुखलाई आयोजकले निम्ता दिएको थियो । व्यस्तताका कारण संघ सरकारका पर्यटन मन्त्री र कर्णालीका प्रदेश प्रमुख उपस्थित नहुनेभएपछि जिल्लाकै संघिय सांसदले महोत्सव उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कर्णाली प्रदेश सरकारका मन्त्री, त्यसक्षेत्रका सांसद लगायतले पर्यटन महोत्सवलाई सम्बोधन गर्ने कार्यक्रम छ । पर्यटन बोर्डका पदाधिकारी, शिक्षा विद्, पर्यटन विज्ञसँग पर्यटन प्रवद्र्धनका अवसर र चुनौतीका विषयमा छलफल हुनेछ भने ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन दिने छन् । स्थानीय झाँकी, भोटे सेलो, ढोले तथा मुर्चेनाच लगायतका सांस्कृतिक प्रस्तुतीमा रम्न र जडिबुडी तथा रैथानेबालीको स्टलहरु अवलोकन गर्न सकिने छ । 

महोत्सव सञ्चालन हुने क्षेत्र धुलाचौर बजार सरसफाई, मञ्च तथा स्वयंसेवक व्यवस्थापन, अतिथि स्वागत तथा सत्कारका लागि आवश्यक तयारी सबै पुरा भएको छ ।

कर्णाली नदीको उपयोग, संरक्षण र प्रवद्र्धन गरि जल पर्यटनको विकास गर्नु, स्थानीय परम्परागत लोक संस्कृतिको जगेर्ना गर्नु, जैविक विविधताको संरक्षण गरि पोषणयुक्त रैथाने बालीहरुको उत्पादनमा जोड दिँदै खाद्य सुरक्षामा टेवा, पु¥याउनु, पर्यटन मैत्री वातावरणको निर्माण गरि कुण्डा क्षेत्रको सम्भावना, चुनौति र अवसरका विषयमा विकास संवाद सञ्चालन गर्ने, पर्यटन सम्वद्ध निकायका प्रतिनिधिहरु, पर्यटन क्षेत्रका छाता संगठनका प्रतिनिधि र विकास साझेदार सरकारी तथा गैरसरकारी निकायका साथै सञ्चारमाध्यमहरुको उपस्थिती गराई कण्डा क्षेत्रको पर्यटकीय, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न, हिमाली गाउँपालिकाको सैन क्षेत्र, कर्णाली नदी, पिलु पादुका देउरा क्षेत्रर्ला मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकासगरि रारा ताल, सैपाल हिमाल, खप्तड बुढीनन्दा बडिमालिका क्षेत्रको मुख्य गन्तव्यको रुपमा यसक्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न समेत सहयोग पुग्नेगरि महोत्सव सञ्चालन गरिने स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए । अध्यक्ष रोकायाका अनुसार ४ र ५ गते हिमाली गाउँपालिकाको धुलाचौरमा तथा ६ र ७ गते स्वामीकार्तिक खापर गाउँपालिकाको स्वीजुलामा महोत्सव विशेष कार्यक्रम हुनेछ । हिमाली गाउँपालिकामा कार्यक्रम सकिएपछि कर्णाली नदीमा करिब १२ किलोमिटर र्याफ्टीङ (जलयात्रा) गरेर स्वामीकार्तिक खापर गाउँपालिका पुगेर स्वीजुलामा हुने कार्यक्रममा अतिथिहरु पुग्नेछन् ।

जैविककृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुउन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ बैशाख ४ गतेदेखि ७ गते सम्म आयोजना गर्न लागिएको माथिल्लो कर्णाली जल पर्यटन महोत्सव २०८० ले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरि दिगो विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २०८०, ३ बैशाख आइतबार ००:००  १ : २५ बजे