२०८१, ७ बैशाख शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपेन्द्रलाई भोटमाग्दै प्रचण्डले भने,`नागरिकताको गाँठो फुक्छ´



बारा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता समस्या समाधान हुने आश्वासन दिएका छन् ।

बिहीबार बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ । नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

उनले उपेन्द्र यादव देशको नेता भएकाले संसदका लागि चाहिने बताए ।
उनले भने, ‘उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो । संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको हो । त्यसैले उपेन्द्रजीले जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पारौं ।’

उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु भएको बताए ।

प्रकाशित मिति : २०८०, ७ बैशाख बिहीबार ००:००  ७ : ४५ बजे