२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा माछामासुको खुला बिक्री रोक



विराटनगर । विराटनगर महानगरपालिकाले खुला स्थानमा माछामासु बिक्री वितरणमा रोक लगाउने भएको छ । खुला स्थानमा माछामासु बेचबिखन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै महानगरले वैशाख १५ देखि खुला स्थानमा माछामासु बिक्रीमा रोक लगाउने निर्णय गरेको हो ।

हाट बजारमा समेत माछामासु बिक्री वितरण हुँदै आएकाले त्यसलाई व्यवस्थित गर्ने तयारी भएको महानगरले जनाएको छ । पशु वधशाला तथा मासु जाँच ऐन २०५५ ले खुला रूपमा पशुपक्षीलाई वध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।

कोशी प्रदेशको राजधानी एवं एकमात्र महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ देखि लागू हुने गरी तोकिएको स्थान र क्षेत्र तथा व्यवस्थित पसलहरूमा बाहेक सार्वजनिक स्थल, खुला ठाउँमा पशुपक्षी वध गर्न निषेध गरिएको बताए ।

प्रकाशित मिति : २०८०, ७ बैशाख बिहीबार ००:००  ७ : ४९ बजे