२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिटरब्याज पीडितलाई सरकारले भन्यो : आन्दोलन नगर्नु



काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरू भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन्।

‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्, ‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला।’
सरकारले लिएको अग्रसरतालाई निरूत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन्।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताइन्।

प्रकाशित मिति : २०८०, ७ बैशाख बिहीबार ००:००  ७ : ५६ बजे