२०८१, ७ बैशाख शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माथिल्लो कर्णाली जल पर्यटन महोत्सव : स्थानीय विकासको आधारस्तम्भ



बाजुरा । माथिल्लो कर्णाली जल पर्यटन महोत्सव स्थानीय विकासको आधारस्तम्भ बनेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको आयोजना गरेको जल पर्यटन महोत्सवले यस क्षेत्रको दिगो विकासको खाका कोरेको हो ।

पूर्वाधार विकासमा निकै पछिपरेको यो क्षेत्रमा संघियतापछि अनेकन विकास आयोजनाहरु अघि बढेका छन् । पहिलो कार्यकालमा रचनात्मक कामको थालनी गरेर दोस्रो पटक निर्वाचित हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लको गाउँ बनाउने महत्वकांक्षी योजनाले सार्थक पाउँदै गएको भन्दै स्थानीयले चौतर्फी प्रशंसा गरेका छन् । महोत्सवमा व्यक्त मन्तव्यले पनि यस क्षेत्रका जनप्रतिनिधिको कामको चर्चा पायो । माथिल्ला सरकारका प्रतिनिधिले स्थानीय तहले अघि सारेका योजनामा साथ दिने प्रतिवद्वता जनाए ।

बाजुराका सांसद बद्रि पाण्डेले महोत्सवको उदुघाटन गर्दै आगामी ५ वर्षभित्र दुर्गम जिल्ला बाजुरा सुगमजिल्लाका रुपमा विकास गरिने बताए । स्थानीय तहका रचनात्मक कामको प्रशंसा गर्दै संसद र संघिय सरकारका मन्त्रालयगत योजना पार्न आफुले पहल गर्ने बताए ।

कर्णाली प्रदेश सरकारका मन्त्री, त्यसक्षेत्रका सांसद लगायतले पर्यटन महोत्सवलाई सम्बोधन गरेका छन् । पर्यटन बोर्डका पदाधिकारी, शिक्षा विद्, पर्यटन विज्ञसँग पर्यटन प्रवद्र्धनका अवसर र चुनौतीका विषयमा छलफल गरिएको थियो भने ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन दिए । स्थानीय झाँकी, भोटे सेलो, ढोले तथा मुर्चेनाच लगायतका सांस्कृतिक प्रस्तुतीमा रम्दै जडिबुडी तथा रैथानेबालीको स्टलहरु अवलोकन गरेर महोत्सवका सहभागीहरु रमाएका थिए ।
कर्णाली नदीको उपयोग, संरक्षण र प्रवद्र्धन गरि जल पर्यटनको विकास गर्नु, स्थानीय परम्परागत लोक संस्कृतिको जगेर्ना गर्नु, जैविक विविधताको संरक्षण गरि पोषणयुक्त रैथाने बालीहरुको उत्पादनमा जोड दिँदै खाद्य सुरक्षामा टेवा, पु¥याउनु, पर्यटन मैत्री वातावरणको निर्माण गरि कुण्डा क्षेत्रको सम्भावना, चुनौति र अवसरका विषयमा विकास संवाद सञ्चालन गर्ने, पर्यटन सम्वद्ध निकायका प्रतिनिधिहरु, पर्यटन क्षेत्रका छाता संगठनका प्रतिनिधि र विकास साझेदार सरकारी तथा गैरसरकारी निकायका साथै सञ्चारमाध्यमहरुको उपस्थिती गराई कण्डा क्षेत्रको पर्यटकीय, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न, हिमाली गाउँपालिकाको सैन क्षेत्र, कर्णाली नदी, पिलु पादुका देउरा क्षेत्रर्ला मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकासगरि रारा ताल, सैपाल हिमाल, खप्तड बुढीनन्दा बडिमालिका क्षेत्रको मुख्य गन्तव्यको रुपमा यसक्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न समेत सहयोग पुग्नेगरि महोत्सव सञ्चालन गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताए । अध्यक्ष रोकाया यो महोत्सव यस क्षेत्रको विकासको मुल फुटाउने महत्वपूर्ण अवसर भएको बताउँछन् ।

कर्णाली, पादुका, रानीसैन, बुढीनन्दा, पीलुचौर लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उदेश्यले महोत्सव आयोजना गरिएको हिमाली गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।

बैशाख ४ र ५ गते हिमाली गाउँपालिकाको धुलाचौरमा तथा ६ र ७ गते स्वामीकार्तिक खापर गाउँपालिकाको कर्णालीको बगरमा महोत्सव आयोजना गरिएको थियो ।

हिमाली गाउँपालिकामा कार्यक्रम सकिएपछि कर्णाली नदीमा करिब १२ किलोमिटर र्याफ्टीङ (जलयात्रा) गरेर अतिथिहरु स्वामीकार्तिक खापर गाउँपालिका पुगेका थिए ।

जैविककृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुउन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ आयोजना गरिएको माथिल्लो कर्णाली जल पर्यटन महोत्सव २०८० ले यस क्षेत्रको पर्यटन प्रवद्र्धन गरि दिगो विकासमा टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

बाजुरा र आसपासका हजारौं नागरिकले महोत्सव अवलोकन गरेका छन् ।

प्रकाशित मिति : २०८०, ७ बैशाख बिहीबार ००:००  ९ : १७ बजे