काठमाडाैं । सर्लाहीको लालबन्दी नगरपालिकाले व्यक्तिगत घटनादर्ता अभियानलाई पृथक बनाएको छ । बैशाख १ गते देखि ७ गते सम्म देशव्यापी रुपमा सञ्चालन गरिएको घटनादर्ता सप्ताहलाई लालबन्दीले प्रभावकारी रुपमा सचालन गरेको हो ।
नेपाल सरकारको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तह मार्फत सप्ताह मनाएको थियो । हरेक व्यक्तिको कानुनी पहिचान र राज्यबाट प्रवाह हुने सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाइँसराइ जस्ता घटनाहरु ३५ दिन भित्र वडा कार्यालयमा दर्ता गर्न अपिल गरिएको थियो ।
नागरिक अधिकारको रक्षा गर्दै राज्यप्रतिको दायित्व पुरा गर्न नागरिकलाई अपिल गरेर घटना दर्ताको महत्व बुझाउँदै घटनादर्ता सप्ताह मनाइएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले बताए । लालबन्दीमा सबै वडा मार्फत घटनादर्ताका फाइदाबारे जानकारी गराएर निरन्तर यो अभियानमा नागरिकको उत्साह पूर्वक सहभागिता सुनिश्चित गराईएको उनको भनाई छ ।
घटना दर्ता किन समयमै गर्ने ? यो भिडियाे हेर्नुहोस् ।
लालबन्दीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लुईटेलले सम्हालेपछि सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शीतासहितका सवालमा अब्बल काम गरिरहेका छन् ।