२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु



काडमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । शुक्रबार पर्सामा ८५ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।
गएको बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी वृद्धाको मृत्यु भएको वीरगञ्जको गण्डक अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । गएको बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि गण्डक अस्पतालमा बनाइएको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वाससँगै मुटुको समस्या पनि रहेको डाक्टर सिंहले बताए ।

एक साता उनको श्वासप्रश्वासमा समस्या आएपछि उनी वीरगंजका पुराना फिजिसियन डा. गोपालप्रसाद गजुरेलको क्लिनिकमा देखाएकी थिइन् । त्यहाँ पनि निको नभएपछि उनी नारायणी अस्पतालमा भर्ना हुन पुगिन् । नारायणी अस्पतालमा पनि बेड नपाएपछि उनलाई एड्भान्समा भर्ना गरी उपचार चलिरहेको थियो ।

एड्भान्समा एक्सरे गरेर हेर्दा उनमा निमोनिया देखिएको थियो । श्वासप्रश्वास समान्य नबनेपछि उनको शंकास्पद बिरामी मानी अस्पताल व्यवस्थापन पक्षले कोरोना परीक्षणको लागि साउन ६ गते स्वाब संकलन गरी नारायणी अस्पतालमा पठाएको थियो ।

उनको शवलाई परिवारजनको रोहबरमा दाहसंस्कार गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार ००:००  १० : १९ बजे