२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो विकास सुनकोशीको प्राथमिकतामा : अध्यक्ष तामाङ



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले दिगो विकासको अवधारणा अनुसार विकासका अभियानहरु अघि बढाइएको बताएका छन् । पूर्वाधार विकासका कामहरु दिगो र भरपर्दो बनाउनु अहिलेको आवश्यकता रहेको भन्दै अध्यक्ष तामाङले सुनकोशीमा स्थानीय सरकारले दिगो विकासको लक्ष्य हासिल गर्नेगरि काम गरेको बताएका हुन् ।

आरुभञ्ज्याङ्ग–पुनटार मोटरबाटोका विषयमा भएको सर्वपक्षिय छलफललाई सम्बोधन गर्दै अध्यक्ष तामाङले गाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । बजेट ल्याउन आफुले पहल गर्ने र विनियोजित बजेट सदुपयोग गरेर गुणस्तरिय विकासको काम गर्न सबै सुनकोशीबासी लाग्नुपर्ने उनको भनाई थियो । ‘जनताको आँखामा छारो हाल्नेगरि टालटुले विकास गर्ने छुट कसैलाई छैन । जस्ले कामको जिम्मा लिन्छ उसले तोकिएको मापदण्ड र गुणस्तर पुरा गर्नुपर्छ । स्थानीयले पनि विकासमा साझेदारी र सहयोग गर्नुपर्छ ।’ उनले भने ‘हामी पुस्तौं पुस्तालाई हुने प्रत्यक्ष जनताले महसुस गर्नेगरि दिगो विकासको अवधारणामा अघि बढेका छौं । समृद्ध सुनकोशी निर्माणको लक्ष्यमा सबै जुटेदिनुस् । अवरोध गर्ने होईन एकतावद्ध भएर विकासमा लाग्नुपर्छ ।’ स्थानीय सरकारको अनुगमन संयन्त्र र जनप्रतिनिधिहरुले निरन्तर योजना अनुगमन गरिरहेको अध्यक्ष तामाङको भनाई छ ।

सुनकोशीका अध्यक्ष कमल तामाङ, उपाध्यक्ष सुनिता अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरुले चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाहरुको कार्य प्रगतिको स्थलगत अनुगमन र सहजिकरण गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, ९ बैशाख शनिबार ००:००  ३ : ५१ बजे