२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरि खतिवडाले जिल्लामा अग्नि नियन्त्रक उपकरण पठाए



ओखलढुंगा । नेपाली काँग्रेसका संघिय सांसद रामहरि खतिवडाको पहलमा पोर्टेबल अग्नि नियन्त्रक उपकरण प्राप्त भएको छ । जिल्लाको विभिन्न बस्ती तथा वनजंगलमा लागेको आगो निभाउन उपयाेगी पोर्टेबल अग्नि नियन्त्रक उपकरण सांसद खतिवडको पहलमा प्राप्त भएको हो ।

दमकल पुग्न नसक्ने स्थानहरुमा आगलागी नियन्त्रण गर्न उपयोगी पोर्टेवल अग्नि नियन्त्रक उपकरण गृह मन्त्रालयको समन्वयमा राष्ट्रिय विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत जिल्लाका लागि ३५ लाख बराबरकाे सामाग्री उपलब्ध गराईएको सांसद खतिवडाले बताए । गाउँ तथा वनजंगलमा लागेको आगो निभाउन दुई जनाले सजिलै बोकेर लान सकिने उपयोगी पोर्टेबल अग्नि नियन्त्रक साधनलाई सिद्धिचरण नगरपालिकामा रहने गरी व्यवस्था गरिएको खतिवडाको भनाई छ ।

दमकल लैजान सडक नपुगेका र आगलागी भएको स्थानमा २४ सैं घण्टा प्रयोग गर्न मिल्नेगरि पोर्टेवल अग्नि नियन्त्रक साधन तयारी अवस्थामा राखिने खतिवडाका स्वाकिय सचिव हुकुम राईले जानकारी दिए । राष्ट्रिय विपद् जाेखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत आगाे निभाउन आवश्यक अन्य १६ वटा सामाग्री प्राप्त भएकाे राईकाे भनाई छ ।

सुख्खा समयमा ओखलढुंगामा दर्जन बढि घरहरुमा आगलागी भएका छन् भने ९ सय २५ हेक्टर क्षेत्रफल वनजंगल आगोले सखाप बनाएको छ ।

प्रकाशित मिति : २०८०, १० बैशाख आइतबार ००:००  ३ : २८ बजे