२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलम्बुको आमा याङरी साङ्दो पालरी गुम्बामा पर्यटकको घुइँचो



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ स्थित तार्केघ्याङ गाउँमा निर्माण गरिएको आमा याङरी साङ्दो पालरी गुम्बा सर्वसाधारणको लागि खुला गरिएसँगै पर्यटकको भीड लागेको छ ।

हाल गुम्बा निर्माण गरिएको स्थानमा रहेको स्तूपा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएपछि अहिले पुनर्निर्माण गरिएको हो । गुम्बा भत्किँदा नियमित पूजापाठलगायतमा असर परिरहेको कुरालाई मध्यनजर गर्दै गुम्बा निर्माण गरिएको गुम्बा निर्माणकर्ता पेमा लामाले बताए ।

उनले करिब ४ वर्ष अघिदेखि उक्त स्थानमा गुम्बा निर्माण कार्य सुरु गरी अहिले सम्पन्न भएकोमा खुशी व्यक्त गरे । अमेरिकाको न्यूयोर्कमा बस्दै आएकी पेमा लामाको व्यक्तिगत प्रयासमा गुम्बा निर्माण भएको हो ।

करिब ५ करोड लगानीमा निर्मित गुम्बा मंगलबारदेखि औपचारिक रुपमा उद्घाटन गरी दर्शनका लागि खुला गरिएको लामाले बताए ।

हिमाली महायानी परम्पराका बौद्धमार्गीहरुका लागि हेलम्बु एक विशेष धार्मिक क्षेत्रका रुपमा परिचित छ । यहाँ गुरु रिन्पोचे लामो समय ध्यान साधना गरेर बसेको धार्मिक विश्वास रहँदै आएको छ । ह्योल्मो जातिको उद्गमस्थल रहेको हेलम्बुस्थित आमा याङरीलाई यहाँको रक्षक देवीका रुपमा मानिन्छ ।

स्थानीयले गुम्बा परिसरमा बाटो र पानीको समस्या रहेकाले सरकारले पानी र बाटोको व्यवस्था गरे पर्यटकलाई सहज हुने माग राखेका छन् ।

गाउँपालिकाले पनि यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, ११ बैशाख सोमबार ००:००  २ : २२ बजे