२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामहरि खतिवडाले अर्थमन्त्रीलाई भने- ७० वर्षमाथिकालाई नि:शुल्क उपचारको व्यवस्था गरौं



कांग्रेस सांसद् रामहरि खतिवडाले बजेटमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था हुने गरी बजेट बनाउन सुझाव दिएका छन्।

सोमबार बजेटबारे कांग्रेस सांसद्हरूसँग छलफलका क्रममा उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यस्तो सुझाव दिएका हुन्। संसद् भवन बानेश्वरमा भएको छलफलमा खतिवडाले कांग्रेस पटक-पटक सरकारमा गए पनि जनस्तरमा सम्झने योजना ल्याउन नसकेको बताए।
‘आगामी बजेटमार्फत ७० वर्षमाथिकालाई निःशुल्क उपचार हुने कार्यक्रम ल्याऔँ। कांग्रेस पटक-पटक सरकारमा गयौँ, तर जनस्तरमा सम्झने योजना ल्याउन सकिएको छैन। हिजो बिपीले जसरी सरकारमा रहँदा जनताका बारेमा सोच्नुहुन्थ्यो त्यसबाट हामीले सिक्नुपर्छ, बजेटमा जनपक्षीय कार्यक्रमहरू समेटिनुपर्छ,’ उनले सुझावका क्रममा भने। खतिवडाले ओखलढुंगामा चुनावी अभियानमा वृद्ववृद्वाको निशुल्क उपचारको व्यवस्था गर्ने वाचा गरेका थिए ।

प्रकाशित मिति : २०८०, ११ बैशाख सोमबार ००:००  ८ : ३४ बजे