२०८१, ६ मंसिर बिहीबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी



काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका हुन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

कांग्रेसका भट्टराईले अन्तिम मत परिमाण नआउँदै हार स्विकार गरेका थिए । यसअघि मंसिर ४ को चुनावमा कांग्रेसले जितको थियो।

प्रकाशित मिति : २०८०, १२ बैशाख मंगलबार ००:००  ७ : २५ बजे