२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा अध्यक्ष कप हुने



ओखलढुंगा । सुनकोशी गाउँपालिका ओखलढुंगामा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । यहि वैशाख १९ गते देखि २२ गते सम्म खुल्ला पुरुष ब्याडमिन्टन र फुटबल खेल प्रतियोगिता हुने भएको हो । गाउँपालिका अध्यक्ष कमल तामाङले मंगलबार ओखलढुंगा सदरमुकाममा पत्रकार सम्मेलन गरि उक्त जानकारी गराएका हुन् ।

बुद्ध जयन्तीको अवसर पारेर खेलको आयोजना गरिएको अध्यक्ष तामाङले बताए । सेभेन ‘ए’ साईड खुल्ला पुरुष फुटबल तर्फ विजेता समूहले नगद एक लाख सहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने अध्यक्ष तामाङले बताए । यस्तै उपविजेता र तेश्रो हुने समूहले क्रमशः नगद एक लाख, ५० हजार र ३० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।

ब्याडमिन्टन खेल तर्फ ‘ए’ लेभल पुरुष डबल प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।
ब्याडमिन्टनकै ‘बी’ लेभल पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः नगद ४० हजार, ३० हजार, २० हजार साथै ४५ वर्ष माथिको उमेर समुहको प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेले नगद ५० हजार, ३० हजार र २० हजार सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट, अनुशासित खेलाडीलाई पनि नदग पुरस्कार दिईने अध्यक्षले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।
यस्तै सोही अवसरमा गाउँपालिकाबासी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिने बताईएको छ । फुटबल खेल सुनकोशी गाउँपालिका–५ मा रहेको खेलमैदानमा र ब्याडमिन्टन खेल हालै गाउँपालिकाले निर्माण गरेको कबर्डहलमा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

१० लाख रुपैयाँ खर्च गरेर खेलाडी र खेलप्रेमी युवाहरुको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १३ बैशाख बुधबार ००:००  ६ : ३३ बजे