स्वदेशी उत्पादन बढाउँदै स्थानीयलाई स्वरोजगार बनाउने लक्ष्य
मेलम्ची । मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अभिया तालिम केन्द्र मेलम्चीको आयोजनामा “ सीप सिकौँ स्वभालम्भी बनौँ “ भन्ने नाराका साथ दुई महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले बजारमा नेपाली सामान माग भएकाले यस्ता कार्यक्रम हरुलाइ नगरपालिकाले प्राथमिक्तामा राखेर संचालन गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि तामाङले नेपाली समान सिलाइलाई प्रोत्साहन दिई गुणस्तरमा राम्रो प्रधिसपर्धा गर्नुपर्ने बताए । नगर प्रमुख तामाङले अब नेपाली आफैंले गुणस्तरीय सिलाई र सामान पाउनेमा आफू विश्वस्त रहेको बताउँदै स्थानीयलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम ल्याएको बताए ।
नगर प्रमुख तामाङले यो दुई महिनाको तालिम प्रभावकारी भए पछि एक बर्षको तालिम संचालन गर्ने आश्वासन दिए । कार्यक्रममा अभिया तालिम केन्द्रका संचालक मिङ्मार तामाङले स्थानिय सामान लाई प्रवर्द्धन र स्थानिय हरुको ब्यबसाय लाई राम्रो बनाउन यो तालिमको आयोजना गरेको बताए । उनले मेलम्ची नगरपालिका भित्र संचालित टेलर व्यावसायिहरुको लागि फोकस गर्दै तालिम आयोजना गरिएको र यस तालिममा सहभागी भई मौकाको फाइदा लिन समेत आग्रह गरेका छन् । यहि बैशाख ६ गते बाट संचालन भएको सो तालिम दुई महिना सम्म चल्ने छ ।