२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरीमा अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु



विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाटै घरको नक्सा पास सेवा सुरु गरेको छ ।

पेपरलेस उपमहानगरपालिकाको अवधारणा अन्तर्गत पालिकाले घर-नक्साको काम विद्युतीय नक्सा प्रणालीबाट गर्न थालेको हो ।

छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा सम्बन्धित व्यक्ति सेवा लिनको लागि लाइनमा बस्न र फाइल बोकेर दौडिरहन नपर्ने मेयर पौडेलको भनाइ छ ।

विद्युतीय प्रणालीबाट नक्सा पास गराउँदा कागजपत्रहरु सुरक्षित रहने तथा नगरलाई पनि तथ्यांक राख्न र जुनसुकै बेला खोज्न पनि सहज हुने उनले बताए ।

यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने इञ्जिनियर कैलाश तिम्सिनाले बताए ।

प्रकाशित मिति : २०८०, १५ बैशाख शुक्रबार ००:००  ७ : ३८ बजे