२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन



दाङ । दाङमा पहिलो पटक राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ। कृषिजन्य सामग्री ढुवानी सहज बनाउन करिब २३ लाख रुपैयामा कृषि एम्बुलेन्स खरिद गरि संचालनमा ल्याईएको गाउँपालिकाले जनाएको हो।

तरकारी संकलन केन्द्र र कृषि एम्बुलेन्सको लुम्बिनी प्रदेशका निर्वतमान भौतिक विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेका थिए । सो अवसरमा उनले कृषि एम्बुलेन्स सञ्चालनले किसान र पालिका वासी दुबै लाभान्वित हुने बताए ।

विषेश गरी राप्तीका कृषकहरूको तरकारी बजारीकरणलाई सहज बनाउने उदेश्यले कृषि एम्बुलेन्स खरिद गरिएको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले जानकारी दिए ।

एम्बुलेन्स मार्फत ५० प्रसितशत भाडा छुट गरेर कृषकको तरकारी बजारसम्म लगिने र नबिकेको तरकारी कृषि सहकारीले खरिद गरेर बाहिर पठाउने तयारी पनि भई रहेको बिष्टको भनाई छ ।

प्रकाशित मिति : २०८०, १७ बैशाख आइतबार ००:००  ५ : ५९ बजे