२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हल्दिबारी गाउँपालिकामा श्रम स्वीकृति दिन सुरु



झापा । झापाको हल्दिवारी गाउँपालिकाले आइतबारबाट श्रम स्वीकृति दिन थालेको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गरेका हुन् ।

१ वैशाखको नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम श्रम स्वीकृत दिने निर्णयअनुसार आइतबारबाट हल्दिबारी गाउँपालिकाले श्रम श्रम स्वीकृति दिन थालेको हो ।

आइतबार हल्दिबारी–४ का देवी खतिवडालाई श्रम स्वीकृतिको निस्सा दिएर सुरुवात गरिएको हो ।

प्रकाशित मिति : २०८०, १७ बैशाख आइतबार ००:००  ६ : ०४ बजे