२०८१, १३ बैशाख बिहीबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोफा उत्पादक संघ गठन, केन्द्रीय अध्यक्षमा तारालाल धरेल निर्विरोध



काठमाडौं । सोफा उत्पादक संघको केन्द्रीय अध्यक्षमा तारालाल धरेल निर्विरोध निर्वाचित भएका छन् । संघको प्रारम्भिक साधारण सभाबाट सोफा हव काठमाडौँका प्रोपाइटर तारालाल धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष धरेलले सोफा उत्पादकको हितमा काम गर्ने बताए । आवश्यक कच्चा पदार्थ ल्याउन सरकारले सहुलियत र स्वदेशमा उत्पादित सोफालाई राज्यले प्राथमिकता दिनुपर्ने उनको भनाई थियो । 

संघको साधारणसभालाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले सम्बोधन गरेका थिए । मन्त्री लामाले देशभित्रै उत्पादन हुने सोफालाई सरकारले प्रवद्र्धन गर्ने बताए । सरकारी निकायमा अनिवार्य रुपमा नेपालमा उत्पादित सोफा मात्रै प्रयोग गर्नुपर्ने बताए । स्वदेशमा उत्पादित सोफा प्रयोग गरे मुद्रा विदेशिनबाट जोगाउन सकिने लामाको भनाई थियो ।

मन्त्री लामाले बेरोजगार युवालाई तालिम दिएर सोफा उत्पादनमा लगाउन सकिने बताए ।

प्रकाशित मिति : २०८०, १७ बैशाख आइतबार ००:००  ९ : ५७ बजे