२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशीमा अध्यक्ष कप सुरु



मूलखर्क । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा प्रथम अध्यक्ष कप सुरु भएको छ । प्रतियोगिताको मंगलबार संघिय सांसद रामहरि खतिवडाले उद्घाटन गरेका हुन् ।

खेलकुदको माध्यमबाट जिल्लाको नाम उच्च राख्ने उद्वेश्यले अध्यक्ष कप आयोजना गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । खेलाडी र खेलप्रेमी युवाहरुको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताएका छन् ।चार दिनसम्म पालिकाको केन्द्र मूलखर्कमा प्रतियोगिता सञ्चालन हुँदा पालिकाको पर्यटन प्रवर्द्वनमा समेत टेवा पुग्ने उनले दाबी गरेका छन् ।

आगामी वैशाख २२ गतेसम्म सञ्चालन प्रतियोगितामा खुल्ला पुरुष ब्याडमिन्टन र फुटबल प्रतियोगिता हुनेछ ।

फुटबल तर्फ १५ टिम, ब्याडमिन्टन सेभेन ‘ए’ साईड खुल्ला पुरुष फुटबल तर्फ ८ टिम, ‘बी’ लेभल तर्फ २६ टिम र ४५ बर्ष माथिको भेट्रान्स तर्फ ९ टिम दर्ता भएको अध्यक्ष कप प्रतियोगिताका सदस्य सचिव तथा सुनकोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङले जानकारी दिए ।

खेलकुद कार्यक्रमको समापन सँगै २२ गते मूलखर्कमा बुद्ध जयन्तीको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १९ बैशाख मंगलबार ००:००  १० : १६ बजे