२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाँयानाथ राराका मेयरको १ वर्ष : सुविधाको रकम सेवामा खर्च



मुगुको छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले एक वर्ष सेवा सुविधा नलिएको बताएका छन्।

नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको बताएका हुन्।

आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख भामले आफूले निर्वाचनमा जनता सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न पहिलो वर्षको कार्यकालमा भएका कार्यक्रम र भावी कार्यक्रमलाई साकार पार्नका लागि आफूले पाउने सेवा सुविधा त्याग गर्ने कार्यक्रममा बताए।

नगर प्रमुख भामले नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासन खर्च, नलिएको बताए। नगरपालिकाको खर्चबाट मिनरल वाटर प्रयोग नगरी स्वच्छ चैना खोलामा रहेको धाराको पानी प्रयोग गर्ने गरेको स्वागत सत्कारका लागि खादा बन्देज गरेको, पाँच वर्षसम्म जम्मा भएको मासिक तलब र बैठक, गोष्ठी लगायत अन्यबाट उपलब्ध रकम जम्मा गरेर छाँयानाथ रारा नगरपालिकालाई दुई र मुगुम कार्मारोङ गाउँपालिकालाई एउटा एम्बुलेन्स खरिद गरिदिने उनले बताए ।

उनको नेतृत्वमा नगरपालिकामा रचनात्मक कामहरु भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २०८०, ७ जेठ आइतबार ००:००  ७ : २५ बजे