२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा थप १० सहित थप १३३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । यससँगै नेपालमा कोरोना स‌ंक्रमितको कुल संख्या १८ हजार ३ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप १० जना संक्रमित थपिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना स‌ंक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । यो निको हुनेको दर ७०.४६ प्रतिशत रहेको गौतमले बताए । हालसम्म कोरोना संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, ९ श्रावण शुक्रबार ००:००  १० : ५९ बजे