२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ए डिभिजन लिगमा चार खेल



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० मा आज चार खेल हुँदैछ । दिउँसो तीन बजे तीन फरक मैदानमा एकैपटक खेल हुनेछ भने साँझ ६ बजे अर्को खेल हुनेछ ।

२४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक एक खेल हुनेछ ।

उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

शीर्ष स्थानको चर्च ब्वाइजसँग पाँच अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि होडमा रहन पुलिसविरुद्ध जित्नैपर्ने अवस्था छ । यदि मछिन्द्रले बराबरी खेले चर्च ब्वाइजलाई उपाधि जित्न अझ सहज अवस्था बन्नेछ । मछिन्द्र पराजित भएमा भने उपाधि रक्षा अभियान कठिन बन्नेछ ।

मछिन्द्र २३ खेलबाट ३९ अंकजोडेर दोस्रो छ भने समान खेलबाट ३४ अंकसहित पुलिस चौथो स्थानमा छ ।

पुलिसलाई पनि आजको खेल जितेर लिगमा शीर्ष तीनमा रहने लक्ष्यमा अघि बढ्न चाहन्छ ।

मछिन्द्रलाई हराएमा पुलिसले तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्नेछ ।

बाँकी तीन खेलमा रेलिगेसनबाट बच्चका लागि संघर्ष गरिरहेका क्लबहरु खेल्दैछ ।

दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।

हिमालयन शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ भने समान खेलबाट एनआरटी २९ अंक जोडेर १० औं स्थानमा छ ।

आजको खेलमा विजयी हुने टिमले रेलिगेसनबाट लगभग बच्नेछ । पराजित हुने टिमलाई भने असर गर्नेछ ।

यस्तै पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ ।

संङ्कटा २३ खेलबाट २७ अंकसहित १२औं स्थानमा छ भने खुमलटार २४ अंकसहित पुछारमा छ ।

दुवैले लिगअघि राम्रो टिम निर्माण गरे पनि मैदानमा भने संघर्ष गरिरहेका छन् ।

खुमलटारका लागि रेलिगेसनबाट बच्न बाँकी तीनवटै खेल जित्नुपर्ने अवस्था छ । त्यसैले आजको खेल उसका लागि महत्वपूर्ण छ । संकटाका लागि पनि संकट टार्नका लागि तीन अंकको खोजीमा हुनेछ ।

यस्तै रेलिगेसन जोमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ । आजको जितले मनाङको रेलिगेसन चिन्ता टर्नेछ । फ्रेण्ड्स भने २५ अंकसहित १३औं स्थानमा छ ।

फ्रेण्ड्सका लागि रेलिगेसनबाट बच्न आजको खेल जित्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : २०८०, २१ जेठ आइतबार ००:००  ९ : ४० बजे