२०८२, १७ बैशाख बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इटहरीमा पेट्रोल गाडीलाई विद्युतीय बनाइँदै



इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरणको तयारी सुरु गरेको हो ।

पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्नका लागि सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

पालिकाले उपलब्ध गराएको मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको उनले बताए ।

संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पहिलो चरणमा अनुसन्धान सुरु गरेको पौडेलले बताए ।

देशमै पहिलो पटक स्थानिय तहले यो कामको सुरुवात गरेको पौडेलको दाबी छ । सम्याति इलेक्ट्रो व्हील्स प्रालिका सञ्चालक आदित्य आचार्यले छ महिना भित्र २ वटा पेट्रोल मोटरसाइकललाई बिधुतीयमा रुपान्तरण गर्ने बताए ।

प्रकाशित मिति : २०८०, २१ जेठ आइतबार ००:००  ९ : ४५ बजे