२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काम नगर्ने कान्छारामलाई कारबाही गर्ने रामहरि खतिवडाकाे चेतावनी



ओखलढुंगाका सांसद रामहरि खतिवडाले रामेछापका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङलाई कारबाही गर्ने चेतावनी दिएका छन् । ओखलढुंगा–निशंखे सडकको काम ठेक्का लिएर  अलपत्र पारेको भन्दै खतिवडाले समयमा गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने बताएका हुन् ।

हिमालय माध्यमिक विद्यालय निशंखेको ५६ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विषेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निर्माण व्यवसायिले समयमा काम नगर्दा जिल्लाको विकास प्रभावित भएको र जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको बताउँदै काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने बताए । ‘कान्छाराम हुन् कि जेठाराम हुन् काम नगर्ने ठेकेदारलाई कारबाही हुन्छ ।’ खतिवडाले भने, ‘यहाँको सडक समयमा नबनाउने ठेकेदारलाई संरक्षण गरेको भनेर रामहरि खतिवडा मुर्दावाद भनेको पनि सुनें तर मैले कुनै ठेकेदारलाई राजनीतिक संरक्षण गरेको छैन ।’ आफु ठेकेदार संरक्षणमा नभई कारबाहीको पक्षमा रहेको उल्लेख गर्दै यसबारे आफुले सदनमा र पार्टीमा जोडदार आवाज उठाउने  प्रतिवद्धता जनाए ।

सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पार्ने ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध केहीदिन अघि स्थानीयले आन्दोलन गरेका थिए । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङविरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् ।

सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र छ । 

कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो । १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न भएको छैन । 

प्रकाशित मिति : २०८०, २१ जेठ आइतबार ००:००  १२ : ०३ बजे