२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयक विरुद्ध ओखलढुंगामा विरोध प्रदर्शन



ओखलढुंगा । नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध ओखलढुंगामा विरोध प्रदर्शन भएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु ओखलढुंगाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।

यहि जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक संविधान विपरित भएको भन्दै सोमबार जिल्ला सदरमुकाममा पार्टीका नेता, कार्यकर्ता तथा युवाहरुले नाराबाजी गर्दै विरोध गरेका छन् ।

प्रर्दशनका क्रममा उनीहरुले नेपाली लेण्डुपहरु मुर्दावाद, राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर, सुशासन कायम गर लगायतका नारा र ब्यानर बोकी प्रदर्शन गरेका थिए ।

सदरमुकामको गणेश टोलमा कोणसभा गर्दै युवा संघ र अनेरास्ववियुका युवा नेताहरुले विधेयक प्रमाणीकरण खारेज हुनुपर्ने माग गरेका थिए ।

राष्ट्रपति पौडेलले संविधान मिचेर विधेयक पास गर्नु राष्ट्रघाती कदम भएकोले विधेयक खोरजीको विकल्प नरहेको अनेरास्ववियु स्थायी कमिटि सदस्य गोपाल नेपालले बताए ।

नागरिकता विधेयक जस्तो गम्भीर बिषयबारे संसदमा छलफल समेत नगरि पास गरिनु आफैमा विरोधाभासपूर्ण रहेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि ओखलढुंगाका संयोजक बिनोद खत्रीको भनाई छ ।

आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने ओखलढुंगाका एमाले सम्बद्ध युवा नेताले बताएका छन् ।

प्रकाशित मिति : २०८०, २२ जेठ सोमबार ००:००  ६ : ३३ बजे