२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्व वातावरण दिवस : ओखलढुंगाकाे श्रष्टापार्कमा वृक्षारोपण



ओखलढुंगा । ओखलढुंगा सदरमुकामको श्रष्टापार्कमा वृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा सिद्धिचरण नगरपालिका–१२ मा अवस्थित पार्कमा ५० बढी धुपी र कल्की फुलका बिरुवा रोपिएको हो ।

‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ डिभिजन वन कार्यालय ओखलढुंगाको आयोजनामा वृक्षरोपण गरिएको छ ।

‘वृक्षारोपणमा सबै सहभागी होऔँ, वातावरण जोगाउन सबै लागौँ ।’ भन्ने सन्देश सहित कार्यक्रम गरिएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख बद्री पौडेलले बताए ।

रोपिएका विरुवाको हेरचाह गरि हुर्काउन कार्यालयले नियमित निगरानी गर्ने उनले बताए । जिल्लाभरका नागरिकलाई आ–आफ्नो क्षेत्रबाट वन तथा वातारण संरक्षण र वृक्षारोपणमा जुट्न उनले आग्रह गरेका छन् ।

वृक्षारोपणमा जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनाल, जिसस उपप्रमुख तारा कार्की, प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय सहभागी थिए ।

दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम भइरहँदा ओखलढुंगामा पनि वृक्षरोपण र सरसफाईका कार्यक्रम भएका छन् ।

प्रकाशित मिति : २०८०, २२ जेठ सोमबार ००:००  ६ : ४२ बजे