२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी सरकार छाड्दै माओवादी, एमाले सत्ता ढल्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबारको संसदीय दलको बैठकले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने निर्णय गर्न लागेको हो । संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ ।

सोमबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । स्रोतका अनुसार माओवादीले मंगलबारको बैठकबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गर्ने छ ।

कोशी प्रदेश सभाका माओवादीका एक नेताले भने, ‘माथिबाट सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्देशन आएको छ, आज त्यसलाई हामीले औपचारिकता दिँदैछौं ।’ ती नेताले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको पहल पनि अघि बढाउने बताए ।

नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।

प्रकाशित मिति : २०८०, २३ जेठ मंगलबार ००:००  ७ : २३ बजे