२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबर्जस्ती करणी गरेको आरोपमा वडाध्यक्ष पक्राउ



दार्चुला । जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दार्चुलाका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिंह धामीलाई पक्राउ गरेको हो।

०७९ माघ २० गते जबर्जस्ती करणी गरेको भन्दै ती महिलाले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा उजुरी दिएकी थिइन्। बलात्कारलगत्तै फरार रहेका वडाध्यक्ष धामीलाई सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगत गाहामगरले जानकारी दिए।

आरोपीविरुद्ध जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए।

प्रकाशित मिति : २०८०, २५ जेठ बिहीबार ००:००  ५ : ५३ बजे