२०८१, २४ बैशाख सोमबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जजक आरोपमा उच्च अदालतका अधिकृत पक्राउ



विराटनगर । उच्च अदालत विरगञ्जमा कार्यरत अधिकृतलाई जबरजस्ती करणी प्रयासको आरोपमा विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।

२२ वर्षीय किशोरीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा विराटनगर–१ का ४८ वर्षीय नारायण प्याकुरेललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।उच्च अदालत विरगञ्जमा कार्यरत प्याकुरेल घर आएको बेला घटना भएको डिएसपी दाहालले बताए ।

जेठ २४ गते राति किशोरीको घरमा गएर बलात्कार प्रयास गरेको र घटनास्थलबाटै प्याकुरेललाई पक्राउ गरिएको डिएसपी दाहालले बताए।पक्राउ परेका प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता भएको छ।जाहेरीका आधारमा प्याकुरेलविरुद्ध जबरजस्ती करणी उद्योगमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८०, २७ जेठ शनिबार ००:००  ८ : १६ बजे