२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमा समुह सञ्जाल सुनकोशीको अध्यक्षमा चन्द्रकला श्रेष्ठ



ओखलढुंगा । आमा समुह सञ्जाल सुनकोशीको अध्यक्षमा चन्द्रकला श्रेष्ठ निर्विरोध चयन भएकी छन् । गाँउपालिका स्तरीय स्वास्थ्य आमा समुह सञ्जालको दोस्रो साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो ।

सञ्जालको उपाध्यक्षमा शारदा धमला, सचिवमा शारदा मगर, सहसचिव सपना खत्री, कोषाध्यक्ष लक्ष्मी कटवाल, सदस्यहरुमा सरस्वती अधिकारी, सरस्वती लगुन, रेणुका राई, गीता श्रेष्ठ, बुध कुमारी धमला, शसी ढकाल, सीता दाहाल, फुलमाया विक चयन भएका छन् ।

आमा समुह मार्फत महिला शसक्तिकरणको नीति लिएको सुनकोशीले महिलालाई आत्मनिर्भर बनाउन समुह र सञ्जाल गठन परिचालनमा जोड दिएको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको भनाई छ । सुनकोशीका वडा वडामा समेत आमा समुह सकृय छन् ।

सञ्जालको कार्यक्रमलाई गाउँपालिका अध्यक्ष कमल तामाङले सम्बोधन गरेका थिए । अध्यक्ष तामाङले सुनकोशीको समृध्दिका लागि सञ्जालको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

प्रकाशित मिति : २०८०, २८ जेठ आइतबार ००:००  ९ : २० बजे