२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राराको विकास सरकारको प्राथमिकतामा परेन : मेयर भाम



काठमाडौं । रारा क्षेत्रको विकासलाई सरकारले प्राथमिकता नदिएको मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले बताएका छन् । विश्वभरका पर्यटक लोभ्याउने    रारालाई प्रवद्र्धन गर्न संघ र प्रदेश सरकार उदासिन बनेको मेयर भामले बताएका हुन् ।

राराको पर्यटकीय पूर्वाधार निर्माण र प्रचारप्रसारमा थप रचनात्मक काम गर्ने स्थानीय सरकारको योजना भएपनि माथिल्ला सरकारको नीति, कार्यक्रम र बजेटमा राराले प्राथमिकता नपाउनु दुखद् भएको मेयर भामको भनाई छ । ‘प्रकृतिको बरदार, स्वर्गकी अप्सरा रारा ताल हाम्रो नगरपालिका र मुगु जिल्लाको मात्रै होइन यो देशको सम्पत्ति हो । यस क्षेत्रको विकास र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हुन्छ ।’ मेयर भामले अनलाइनसरोकारसँग भने, ‘नगरपालिकाको सिमित स्रोतले असिमित कामहरु गर्नुपर्नेछ । एउटै शिर्षकमा धेरै बजेट खन्याउने अवस्था छैन । प्रदेश र संघबाट जति राराले प्राथमिकता पाउनुपथ्र्यो त्यो भएन । हामी निरन्तर राराकाे प्रवर्द्धनमा लाग्छाैं ’ रारासम्म सहज आवागमनका लागि सडक सञ्जालको विकास र स्तरोन्नतीमा नगरपालिकाले पहल गरिरहेको उनको भनाई छ ।

रारा राष्ट्रिय निकुञ्ज भित्र स्थानीय सरकारले चाहेर मात्रै काम गर्न सक्ने अवस्था छैन । यद्यपि छायाँनाथ राराका मेयर भाम रारा क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनमा जुटेका छन् ।

प्रकाशित मिति : २०८०, ३ असार आइतबार ००:००  १२ : ३७ बजे