२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादी मोर्चा घोषणाकाे तयारी



काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि (सोमबार) हुने भएको छ ।

प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।

समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।

नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।  तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको भनाइ छ । यसले देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दबाबकारी भूमिकासमेत खेल्न सक्ने उनले बताए ।

प्रकाशित मिति : २०८०, ३ असार आइतबार ००:००  १२ : ४५ बजे