२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यावरण जोगाउने धनगढीमाईका मेयरको नयाँ काइदा : किसानलाई फाइदै फाईदा

१ परिवार १ चोल्हो वितरण



सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले वातावरणिय प्रदुषण घटाउने र पर्यावरण जोगाउने अभियान चलाएको छ । दातृ संस्थाहरुको साथ लिएर नगरपालिकाले नगरभित्रका सबै १४ वटै वडामा पर्यावरण जोगाउ अभियान चलाएको हो ।

पर्यावरण वातावरण जोगाउन १ परिवार १ चुलो वितरण गर्न थालिएको छ । एउटै घरमा छुटिएर बसेका २ भन्दा बढी परिवारले पनि छुट्टा छुट्टै चुल्हो पाएका छन् । नगरका आधाभन्दा बढी परिवारलाई चुल्हो वितरण गरिसकिएको र बाँकीलाई केही दिन भित्रै चुल्हो उपलब्ध गराईले नगरप्रमुख शिव शंकर महतोले बताए । नगरले वितरण गरेको थोरै दाउराले खाना पाक्ने, धुवाँरहित चुल्होले धनगढीमाई नगरपालिकालाई सफा, स्वच्छ, सुन्दर राख्न र वातावरणिय पर्यावरण जोगाउन मद्दत पुग्ने नगरप्रमुख महतोको भनाई छ । खाना पकाउन गुइँठा बनाउने गोबर खेतबारीमा प्रयोग गरेर कृषिमा किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको उनले बताए । दाउराको चोरी निकासी र गोबरको गुइँठा बनाउने चलन समेत बन्द गराउने नगरपालिकाको योजना छ ।

१ घर १ चुल्हो कार्यक्रम र यसकाे प्रभावकारिता अडियाेमा सुन्नुहाेस्

चुल्हो पाएपछि स्थानीय खुसी भएका छन् । छोटो समयमा, थोरै दाउराबाट धुँवारहित चुल्होमा खाना पकाउन पाएपछि विगतको जस्तो चुल्होचौकाको समस्या हटेको धनगढीमाई नगरपालिका १२ की स्थानीय शोभा बरालले बताइन् । यो अभियानले महिलाहरुलाई घरभित्रको काममा सहज भएको र धुँवाजन्य रोगको जोखिम समेत घट्ने उनको भनाई छ ।

वातावरण प्रदुषणबाट बचाउन र सफा समाज निर्माणमा नगरपालिकाको यो योजना निकै लाभदायक रहेको धनगढीमाई ११ का मिश्रीलाल मण्डलले बताए । याे अभियानबाट किसानहरु बढी लाभान्वित हुने उनकाे तर्क छ ।

एउटै वडामा १४ देखि १८ सय परिवार सम्मको बसोबास छ । नगरभित्रका सबै परिवारलाई चुल्हो वितरण गर्ने नगरपालिकाको योजना छ ।

सिरहाको धनगढीमाईको १ घर १ चुल्हो कार्यक्रम मधेश प्रदेशमै नमूना मानिएको छ ।

प्रकाशित मिति : २०८०, ३ असार आइतबार ००:००  २ : ४३ बजे